२ कार्तिक २०८३, सोमबार

आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । सरकारले आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ ।

सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले वर्खायाममा खनेको सडक झनै बिग्रने जनाउँदै आउँदो भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको जनाएको छ ।

वर्खायाममा धारा, ढल, बिजुली, टेलिफोनलगायतको प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक बिग्रिँदै जाने कार्यालयले जनाएको छ ।

कार्यालयले एक सूचना जारी गर्दै भदौ मसान्तसम्म सडक खन्ने स्वीकृति नदिइने पनि जनाएको छ । सूचनालाई अटेरी गरी जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन–२०३१ अनुसार कडा कारबाही गरिने कायालयले जनाएको छ ।