५ कार्तिक २०८३, बिहिबार

कलाकार बल्छी ध्रुवेसहित आठजनालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

5.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ जेठ । वानएक्स बेटमा संलग्न रहेको आरोपमा पक्राउ परेका कलाकार र युट्युबरलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

प्रहरीले मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवेु’  पवन खतिवडा ‘म्याकुरी’, राजु पौडेल ‘राजुमास्टर’, युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर ुजलनु, गणेश देवकोटा ‘जिडी’, सरोज घिमिरे ‘ढेडु बुढो’ र बेगम नेपाली ‘भटभटे माइला’ लाई अनलाइन सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत लाखौँ रुपैयाँ लिएको आरोपमा पक्राउ गरेको हो ।

उनीहरूले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने विज्ञापन गर्दै आएका थिए ।