५ कार्तिक २०८३, बिहिबार

संसद भवन अगाडिबाट मानवअधिकारकर्मीहरू पक्राउ (भिडिओसहित)

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ जेठ । भ्रष्ट नेतालाई कारबाही गर्नुपर्ने, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबै दोषीहरुलाई कारबाही गर्नुपर्ने लगायतका माग राख्दै संसद भवन अगाडि प्रदर्शनमा उत्रिएका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

मानव अधिकार तथा शान्ति समाजको आह्वानमा विहीबार संसद भवन अगाडि प्रदर्शन गर्ने अधिकारकर्मीलाइ प्रहरीले नियन्त्रणमा लिएको हो । सार्वभौम संसदले भ्रष्ट नेतालाई कारबाही गरोस्, सार्वभौम संसद भ्रष्टाचारीको संरक्षण गर्ने थलो नबनोस्, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेतासहित मूल दोषीहरूलाई कारबाही गर भन्ने नारासहित प्रदर्शन गरेको थियो ।

त्यस्तै चुरे ध्वस्त पार्ने सरकारी नीतिको शान्ति समाजले विरोध गरेको छ भने मानव अधिकारमैत्रि ऐन बनाई संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउन आग्रह पनि गरेको छ ।

प्रदर्शनमा चुरे ध्वस्त पार्न पाइदैँन : मधेशमारा नीति चाहिदैँन, शीर्ष नेताहरुको सम्पत्ति छानबिन खोइ ?, भ्रष्टाचारी नेताको स्वर ठूलो किन ? लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, नागरिक अगुवा डा. केदारनरसिंह के.सी, उत्तम पुडासैनी, चन्द्रमणि बञ्जारा लगाएत १६ अधिकारकर्मीलाई नियन्त्रणमा लिएको हो ।