५ कार्तिक २०८३, बिहिबार

नेपाल वायु सेवा निगमले नाफा कमायो भनेर पर्यटनमन्त्रीले झुठ बोले: सांसद आले

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ जेठ । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद प्रेमबहादुर आलेले पर्यटनमन्त्रीले झुठ बोलेको भन्दै संसदमा आक्रोश व्यक्त गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै आलेले नेपाल वायुसेवा निगमको जहाज किन्ने विषयमा पनि असन्तुष्टि व्यक्त गरे ।

“यस वर्षको महालेखाको प्रतिवेदन र अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षणमा नेपाल वायुसेवा निगमको घाटा एक अर्ब ७० करोड देखिएको छ । वायुसेवाको कूल ऋण ५० अर्ब नाघिसक्यो । तर तीन महिनामा निगमले चार अर्ब नाफा कमायो भनी पर्यटन मन्त्रीले झुट बोलेको सुनियो,” उनले भने ।

आलेले पछिल्लो समयमा पशुपतिनाथमा अनियमतता बढेको र त्यहाँ सिसी क्यामेरा भए पनि तार काटेर यस्ता कार्य गरिएको पाइएको आरोप लगाए ।

पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका आलेले पशुपतिनाथमा भएका अनियमिताबारे आवश्यक छानबिन गरेर त्यसमा संलग्नलाई कारबाही गर्नुको सट्टा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अनियमिता गर्नेलाई नै संरक्षण दिएको आरोपसमेत लगाए ।