२८ कार्तिक २०८३, शनिबार

भ्रष्टाचार गर्नेले छुट पाउँदैनः उपमहासचिव ज्ञवाली

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ३२ जेठ । नेकपा (एमाले)का उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले एमालेले भ्रष्टाचार गर्न नदिने र गर्नेले छुट नपाउने बताएका छन् ।

एमाले मकवानपुरको जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारको उजागर गर्ने, भ्रष्टाचारीलाई कारबाही गर्ने र भ्रष्टाचार विरूद्व संघर्ष गर्ने पार्टी एमाले भएको बताए ।

राष्ट्रियता रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, विकास र समृद्वि तथा सुशासनको बारेमा एमाले कुनै सम्झौता नगर्ने बताउँदै उनले पार्टीप्रति चौतर्फी घेराबन्दी हुनु र मुलुकमा भ्रष्टाचार व्यप्त हुनु, राष्ट्रियता कमजोर हुनु, लोकतन्त्रको विरूद्वका शक्ति सल्बलाउनु कुनै संयोग नभएर मुलुकलाई कमजोर बनाउने योजनाबद्व षडयन्त्र भएको दाबी गरे ।

उनले पार्टी सदस्य र कमिटीलाई चुस्त राख्दै जनताको समस्या र दुःखमा सहभागी भएर सबैखाले भ्रमहरूलाई चिर्दै एमालेलाई सुदृढ बनाउँदा मात्र विरोधीहरूको जस्तो सुकै षडयन्त्र समाप्त पार्न सकिने बताए ।

प्रशिक्षण कार्यक्रममा पोलिटब्युरो सदस्य तथा स्कुल विभाग उपप्रमुख इश्वरी रिजालले दर्शनले सही दिशा नदेखाए र सिद्धान्तले व्यवहारमा सिद्धि प्राप्त नसके कम्युनिष्ट राजनीतिको मूल्य ह्रास हुँदै जाने उल्लेख गरे ।

उनले नीति-कार्यक्रम कार्यान्वयनमा नगए, इच्छा शक्ति कार्य शक्तिमा रूपान्तरण नभए, कर्तव्यले गन्तव्य नदेखिए र निजी स्वार्थहरू सामुहिक स्वार्थमा नबदलिए कम्युनिष्ट राजनीतिको मूल्य ह्रास हुँदै जाने बताए ।