२ कार्तिक २०८३, सोमबार

मकवानपुरमा करेन्ट लागेर २ जनाको ज्यान गयो

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ३१ जेठ । मकवानपुरमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । जिल्लाको बकैया गाउँपालिका-८ को तल्लो बिरेफाँटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो ।

बुधबार दिउँसो स्थानीय जितबहादुर बम्जनको मकै बारीमा लत्रिएको बिजुलीको नाङ्गो तारलाई पोल गाडेर उठाउन फलामको खन्तीले खाडल खन्ने क्रममा खन्तीले तारलाई छुदा स्थानीय ६० वर्षीय खर्कबहादुर थिङ र ५० वर्षीय पुर्णबहादुर लोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।