
काठमाडौं, ३१ जेठ । कोशी प्रदेश सरकारले चालू अधिवेशन अन्त्य गरेको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार राति १२ बजेबाट लागु हुने गरी अधिवेशन अन्त्य गरेका हुन्।
चालू अधिवेशन अन्त्यसँगै सरकारले अध्यादेशबाट बजेट ल्याउने भएको छ । बुधबार नै अधिवेशन अन्त्य गर्नुअघि सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गरिएको थियो ।
नीति तथा कार्यक्रममा छलफल नै नगरी अधिवेशन अन्त्य गरिएको हो ।















प्रतिक्रिया