५ कार्तिक २०८३, बिहिबार

काठमाडौं महानगरपालिकाले निर्णय नसच्चाए आन्दोलमा उत्रने यातायात व्यवसायीको चेतावनी

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । यातायात क्षेत्रका विभिन्न संगठन र व्यवसायीहरूले असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधनहरू गोंगबुस्थित नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले दिएको निर्देशनको विरोध गरेका छन् ।

यातायात व्यवसायी र विभिन्न संगठनहरुले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महानगरको उक्त निर्णयको विरोध गरेका हुन् । यातायात व्यवसायीहरुले महानगरको उक्त निर्णय अव्यवहारीक भएको भन्दै सच्याउन माग गरेका छन् ।

यातायात व्यवसायी र विभिन्न संगठनहरुले महानगरको उक्त निर्णयले यात्रुलाई असुविधा हुने, काठमाडौंमा ट्राफिक समस्या बढ्ने, यातायात व्यवसायीलाई सास्ती हुने र श्रमिकहरूको रोजीरोटी खोसिने भन्दै निर्णय पुनरावलोकन गर्न महानगरसँग माग गरेका छन् । महानगरले निर्णय नसच्याएको खण्डमा सडक आन्दोलन गर्नेसमेत उनीहरुले चेतावनी दिएका छन् ।

पूर्व अरनिको यातायात प्रा.लि. का अध्यक्ष केदार क्षेत्रीले यातायात क्षेत्र व्यवस्थापनमा कमजोरी रहेपनि अहिले नै यो निर्णय कार्यान्वयनका लागि चुनौति रहेको बताए । क्षेत्रीले महानगरले परिवर्तनको नाममा सुनियोजित रुपमा यातायात व्यवसायी र यात्रुलाई मर्का पर्नेगरी निर्णय गरेको आरोप लगाए ।

त्यसैगरी नेपाल यातायात मजदुर संगठनका केन्द्रीय महासचिव जगन्नाथ गौतमले राज्यको लगानीबाट चल्नुपर्ने यातायात क्षेत्रमा निजी क्षेत्रले लगानी गरेर सरकारलाई सहयोग गर्दापनि यातायात व्यवसायीविरुद्ध महानगरले क्रुर निर्णय लादेको बताए । काठमाडौं महानगरपालिकाले आगामी असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधनहरु गोंगबुस्थित् नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्न निर्देशन जारी गरेको छ ।

लामो, मध्यम र छोटो दुरीका सम्पूर्ण सवारीसाधनमा यात्रु चढ्न र ओराल्न नयाँ बसपार्कमै पुर्याउनुपर्ने महानगरको निर्देशन छ । महानगरले विभिन्न ठाउँमा छरिएर रहेका टिकट बुकिङ काउन्टरसमेत बसपार्कभित्र नै लैजान भनेको छ ।