५ कार्तिक २०८३, बिहिबार

प्रधानन्यायाधीसमा प्रस्तावित कार्कीलाई भोलि संसदीय सुनुवाईका लागि डाकियो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ बिहीबार गर्ने भएको छ ।

बुधबार बसेको समिति बैठकले केही उजुरीकर्तासंग छलफल गरेपछि सुनुवाईका लागि बिहीबार कार्कीलाई समितिमा बोलाउने निर्णय गरिएको समितिका ज्येष्ठ सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

उनले जननिर्वाचित प्रतिनिधि संस्थाको वैधानिकतामाथि प्रश्न उठाउन नमिल्ने भएकाले उजुरीकर्ताको छलफलपछि कार्कीलाई सुनुवाईका लागि बोलाउने निर्णय गरिएको बताए ।

त्यसअघि बैठकमा उजुरीकर्ताहरुको छलफलका क्रममा विवाद भएको थियो । उजुरीकर्तामध्ये केहीले सामूहिक रुपमा नै समितिमा जान पाउनुपर्ने माग राखेका थिए भने केहिले समितिको बैद्यानिकतामाथि नै प्रश्न उठाएका थिए ।

संवैधानिक परिषद्को वैशाख २५ गतेको बैठकले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । बिहीबार सुनुवाई समितिले कार्कीको नाम अनुमोदन गरे राष्ट्रपतिबाट नियुक्ति गर्ने बाटो खुल्नेछ ।