५ कार्तिक २०८३, बिहिबार

जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्ताव पुनरावलोकन गर्न सरकारलाई निर्देशन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्ताव पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले जिल्ला निर्वाचन कार्यालय खारेज गरी प्रशासन कार्यालयमा इकाई राख्ने प्रस्तावलाई निर्वाचन आयोगसँग परामर्श गरी पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकले निर्वाचन आयोगलाई आफ्नो काम कतव्र्य पूरा गर्नका लागि निर्वाचन स्वतन्त्र, स्वच्छ र निस्पक्ष रुपमा सम्पन्न गराउन आवश्यक सहयोग गर्नका लागि पनि सरकारलाई निर्देशन दिएको समिति सभापति दिलकुमारी रावलले बताइन् ।

यस्तै उनले सुरक्षा लगायत अन्य बिषयमा पुन: बैठक बसेर सरकारलाई आवश्यक निर्देशन दिइने बताइन् ।