५ कार्तिक २०८३, बिहिबार

एमालेकै कारण विश्वासका मत लिनु परेका मुख्यमन्त्री यादवलाई फेरि किन एमालेको विश्वास ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । नेकपा एमाले सरकारबाट बाहिरिएपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार संसदबाट पुन: विश्वासको मत लिएका छन् ।

उनले संसदबाट शतप्रतिशत सांसदबाट विश्वासको मत पाए । एमालेकै कारण विश्वासको मत लिनुपरेका यादवलाई एमालेले पनि विश्वासको मत दियो । एमालेकै कारण विश्वासको मत लिनुपरेकामा फेरि एमालेले किन विश्वासको मत दियो भन्ने टिकाटिप्पणी भइरहेका छन् ।

यसैबीच एमाले महासचिव शंकर पोखरेलले अस्थिरता रोक्नका लागि एमालेले यादवलाई विश्वासको मत दिएको बताएका छन् । सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले अस्थिरतातर्फ जानबाट रोक्न विश्वासको मत दिएको र अन्य दलहरूले पनि रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको बताएका छन्।

बाँकी प्रदेशलाई पनि अस्थिरतामा जान नदिने अन्य दलहरूले पनि यस्तै रचनात्मक भूमिका खेल्ने विश्वास महासचिव पोखरेलले व्यक्त गरेका छन् ।

‘राजनीतिक अस्थिरताका विरुद्धमा नेकपा(एमाले) ले मधेश प्रदेश सरकारलाई विश्वासको मत दिएर बाँकी प्रदेशलाई पनि अस्थिरता तर्फ जानबाट रोक्न अन्य दलहरूले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको छ,’ उनले लेखेका छन् ।