
सिन्धुपाल्चोक, ३१ जेठ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर ४ ग्याल्थुङमा आईचर ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
मेलम्ची-हेलम्बु सडक खण्डमा ब्याक गर्ने क्रममा बा४ख ८७ नम्बरको निलो आईचर ट्रकले ठक्कर दिँदा बराम्चे बस्ने श्यामबहादुर तामाङको ८ वर्षीय छोरा सनिस तामाङको मृत्यु भएको हो ।
ठक्करबाट घाइते भएका सनिसको उपचारको क्रममा मेलम्ची नगर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने गाडी प्रहरी नियन्त्रणमा रहेको छ भने चालक फरार रहेका छन् । सोही ठाउँका आईचर चालक ४० वर्षीय विजय तामाङ फरार रहेको र खोजी कार्य भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।











प्रतिक्रिया