२९ कार्तिक २०८३, आइतबार

कोशी प्रदेश सभाको बैठक आज, नीति तथा कार्यक्रम प्रस्तुत हुने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ३१ जेठ । कोशी प्रदेश सभाको बैठक आज बुधबार बस्दैछ । बैठक विराटनगर स्थित प्रदेश सभा भवनमा दिउँसो १ बजे बस्नेछ ।

बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यसअघि हिजो मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो ।