३ कार्तिक २०८३, मंगलबार

ज्योति क्यापिटलको सञ्चालकमा अविनाश उप्रेती नियुक्त

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालनमा अविनाश उप्रेती नियुक्त भएका छन्।

कम्पनीका अध्यक्ष कपिल ढकालको अध्यक्षतामा सोमबार बसेको सञ्चालक समितिको बैठकले रिक्त सञ्चालक पदमा उप्रेतीलाई नियुक्त गरेको हो। उनी ज्योति विकास बैंकबाहेकका अन्य संस्थापक सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी नियुक्त भएका हुन्।

स्नातकोत्तर तह (एमबीए) को शैक्षिक योग्यता भई कर्जा विश्लेषकको अनुभव बोकेका उप्रेती जेठ २९ गतेदेखि लागू हुने गरी सञ्चालकमा चयन भएका छन्। नवनियुक्त सञ्चालक उप्रेतीको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा ज्योति क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुनेमा कम्पनी विश्वस्त रहेको छ।

ज्योति विकास बैंकको सहायक कम्पनीका रुपमा रहेका क्यापिटलको चुक्तापुँजी २१ करोड रुपैयाँ रहेको छ। क्यापिटलले हालसम्म नेपाल सरकारलाई रु। ३६ लाख ७५ हजार कर दाखिला गरिसकेको छ।

ज्योति क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकिङ कार्य गर्न अनुमतिका लागि आवेदन गरी धितोपत्र बोर्डबाट पूर्वाधार तयार गर्ने पत्र प्राप्त गरी लगानी व्यवस्थापन, संस्थागत परामर्शलगायतका सेवा प्रदान गर्ने गरी पूर्ण सञ्चालनमा आउने क्रममा रहेको छ।