
काठमाडौं, ३० जेठ । सनराइज बैंक लिमिटेडले रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर-७ मानमटेरियामा रहेको श्री जनता माध्यामिक विद्यालयमा नि:शुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
तिलोत्तमा आई केयरको प्राविधिक सहयोगमा योगीकुटी शाखाले नि:शुल्क आँखा शिविर सञ्चालन गरेको हो । शिविरमा विद्यार्थी, शिक्षक र अभिभावक गरी २४१ जनाले आँखाको परीक्षण गराएका छन् ।
शिविरमा आँखा परीक्षण गराएकाहरूलाई आँखाको चेकजाँच साथै चश्मा र औषधी वितरण लगायत शल्यक्रियाका लागि आवश्यक परामर्श दिइएको बैंकले जानकारी दिएको छ ।



















प्रतिक्रिया