
काठमाडौं, ३० जेठ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले संसदबाट विश्वासको मत पाएका छन् ।
मंगलबार साँझ उनले विश्वासको मत लिएका हुन् । यादवको पक्षमा १०५ जना सांसदले मतदान गरे । संसदमा अनुपस्थित भएका बाहेक सबै दलका सांसदहरूले यादवलाई विश्वासको मत दिएका हुन् ।
नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला देवी सिंह र स्वतन्त्र सांसद केशव राय भने बैठकमा अनुपस्थित थिए ।
नेकपा एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले पुन: विश्वासको मत लिनुपरेको हो । तर, एमालेले सरकारबाट बाहिरिएपछि विश्वासको मत भने दिएको छ ।















प्रतिक्रिया