५ कार्तिक २०८३, बिहिबार

मन्त्रिपरिषद् बैठकमा के-के निर्णय भयो ?

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । सरकारले एनसेलका सन्दर्भमा अन्तर्राष्ट्रिय नियोगमा दायर मुद्दामा नेपालको पक्षमा खटिने सवैलाई धन्यवाद दिने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एनसेलका सन्दर्भमा दायर भएको मुद्दामा नेपालको पक्षमा आएको फैसलाले अर्बौ रुपैयाँ घाटा लाग्नबाट जोगिएको भन्दै यसका लागि खटिने वकिल लगायत सबैलाई धन्यवाद दिने निर्णय गरिएको कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए ।

गुरूङले उक्त मुद्दामा नेपाल पक्ष हारेको भए ६०/६५ अर्व रुपैयाँ नोक्सान हुने उल्लेख गर्दै ठूलो नोक्सान हुनबाट जोगिएको बताए । नेपाल सरकारको निर्णय र सर्वोच्च अदालतको आदेशमा चित्त नबुझेर एनसेलको मुल कम्पनी आजियटा ग्रुपले अन्तर्राष्ट्रिय लगानीसम्बन्धी विवाद समाधान गर्ने निकाय इन्टरनेसनल सेन्टर फर दि सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आइसिएसआइडी) मा मुद्दा दायर गरेको थियो ।

तर, उक्त संस्थाले मुद्दा खारेज गरेसँगै उक्त मुद्धामा एनसेलको हार नेपाल सरकारले जित हासिल गरेको हो । त्यस्तै बजेटका बिषयमा भने अर्को दिन छुटै बैठक बसेर थप छलफल गर्ने निर्णय भएको कानूनमन्त्री गुरुङले जानकारी दिए ।

यसअघि मंगलबार नै बालुवाटारमा बसेको गठबन्धनका नेतहरुको बैठकमा बजेटमा पुनर्विचार गर्ने सहमति भएको थियो । बजेटका बिषयमा नेकपा एकीकृत समाजवादी लगाएतका केही दलले आपत्ति जनाउदै आएका छन् ।