
काठमाडौं, ३० जेठ । काठमाडौंको माइतीघरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । नागरिकता माग गर्दै युवकले आफैँलाई मट्टितेल खन्याएर आगो लगाउने प्रयास गरेका हुन् ।
नागरिकता दिनुपर्ने माग राख्दै नागरिकताबिहीन संघंर्ष समितिले आयोजना गरेको प्रदर्शनका क्रममा मोरङ घर भएका निरोज कामदले आत्मदाहको प्रयास गरेका हुन् ।
उनले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेपछि प्रहरी लगायत अन्यले पानी खन्याएका थिए । त्यस लगतै बेहोस भएका कामदलाई प्रहरीले उद्दार गरेर ट्रमा सेन्टरमा लगेको छ ।
नागरिकताबिहीन संघंर्ष समितिले जन्मसिद्ध र एकल आमाका सन्तानलाई नागरिकता देउ, नक्कली राष्ट्रबाद चाहिदैन लगाएतका नारा लगाउदै माइतिघरमा प्रदर्शन गरेका थिए ।















प्रतिक्रिया