४ कार्तिक २०८३, बुधबार

चीनमा ओर्लने बित्तिकै मेस्सीलाई प्रहरीले घेरेपछि…

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । सामान्य नागरिक मात्रै होइन ठूला ठूला सेलिब्रेटीहरू पनि अन्तर्राष्ट्रिय यात्राका दौरान समस्याम पर्ने गरेका छन् ।

यस्तै हालसालै समस्यमा परेका छन् अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सी । बिहीबार अष्ट्रेलिया विरुद्धको मैत्रीपूर्ण खेलका लागि चीनको बेइजिङमा निजी जेटबाट आएका मेस्सीलाई बेइजिङ विमानस्थलमा प्रहरीले रोक्यो ।

उनी अंगरक्षक र एन्जेल डी मारियालगायत साथीहरूसँग बेइजिङ पुगेका थिए । उनी अर्जेन्टिनाको राहदानीको सट्टा स्पेनी राहदानी प्रयोग गरेर चीन पुगेपछि समस्यामा परेका हुन् ।

मेसीसँग अर्जेन्टिना र स्पेनको गरी दुईवटा नागरिकता छ । सार्वजनिक भिडिओमा उनी एयरपोर्टमा राहदानी लिएर उभिएको देखाइएको छ । उनलाई पुलिस अधिकारीहरूको समूहले घेरेको देखिन्छ ।

स्पेनको राहदानीबाट बिना भिसा ताइवान जान सकिन्छ । जसअनुरूप मेस्सीले ताइवान र चीनलाई एकै सम्झेर भिसा नलगाइ चीन पुगेपछि समस्यामा परेका हुन् । उसो त चीनले पनि ताइवान आफ्नै प्रान्त भएको दाबी गर्दै आएको छ । जसले गर्दा मेस्सीले चीन र ताइवानलाई एकै सम्झिए ।

उनलाई विमानस्थलमा दुई घण्टा रोकिएको थियो । अन्त्यमा उनलाई आपतकालीन भिसा प्रदान गरिएको थियो ।