५ कार्तिक २०८३, बिहिबार

आमालाई गाली गरेपछि भाइले गरे दाइको हत्या

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । काठमाडौंमा एकजना भाइले आफ्नै दाइको हत्या गरेका छन् ।

काठमाडौं महानगरपालिका-२३ ओमबहाल माथेमा चोकमा २५ वर्षीय सुरज शाक्यले ४५ वर्षीय दाइ सूर्य शाक्यको हत्या गरेका हुन् ।

दाइले आमालाई गाली गरेपछि सुरजले हतौडा प्रहार गरी दाइ सूर्यको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । उनले गएराति १२ बजे दाइको हत्या गरेका हुन् ।

मंगलबार बिहान प्रहरीले सुरजलाई पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।