
काठमाडौं, जेठ ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पूर्ण स्वास्थ्य परीक्षण भएको छ ।
प्रधानमन्त्री दाहालको सोमबार दिउँसो नर्भिकमा पूर्ण स्वास्थ्य परीक्षण भएको हो । स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री प्रचण्ड सोमबार दिउँसो ३:४० बजे अस्पताल पुगेका थिए ।
करिब डेढ घण्टा लगाएर उनको सम्पूर्ण स्वास्थ्य जाँच गरिएको नर्भिक अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अस्पतालका अनुसार परीक्षणका क्रममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य देखिएको छ ।
















प्रतिक्रिया