५ कार्तिक २०८३, बिहिबार

मलेशियाबाट आएको नेपाल एयरलाइन्सको जहाज भैरहवामा अवतरण

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । मलेसियाबाट आएको नेपाल एयरलाइन्सको जहाज भैरहवामा अवतरण गरेको छ ।

भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाबाट आएको राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको १ सय ५८ सिट क्षमताको नाइन एन एकेएक्स कल साइन भएको न्यारोबडी जहाज पहिलोपटक अवतरण गरेको हो।

मलेसियाबाट विमानमा ३१ जना यात्रु भैरहवा आएका थिए । जहाजसहित यात्रुहरूलाई पर्यटनमन्त्री सुदन किरातीले विमानस्थलमा स्वागत गरेका छन्।

मलेसियाबाट आएका यात्रुहरूलाई भैरहवा अवतरण गराएर जहाज काठमाडौं फर्किएको छ ।