
मकवानपुर, ३० जेठ । मकवानपुरमा ट्रक दुर्घटना हुँदा ट्रकमा आगलागी भएको छ ।
गएराति धरान चतरा राजमार्ग अन्तर्गत बकैया गाउँपालिका-५ तीनतलेमा हेटौंडाबाट सिन्धुली तर्फ जाँदै गरेको ना. ७ ख ५०४५ नम्बरको सिमेन्ट लोड ट्रक दुर्घटना हुँदा आगलागी भएको प्रहरीले जनाएको छ ।
ट्रकको इन्जिनमा समस्या आउँदा ट्रक दुर्घटना भएर आगलागी भएको र ट्रक जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
ट्रकमा लागेको आगो हेटौंडा उपमहानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।











प्रतिक्रिया