२९ कार्तिक २०८३, आइतबार

जसपाको अन्तरराष्ट्रिय सम्बन्ध विभाग गठन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले अन्तरराष्ट्रिय सम्बन्ध विभाग गठन गरेको छ ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अर्जुन थापाको अध्यक्षतामा विभाग गठन गरेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार  बैठकबाट भरत गुरुङलाई सचिवको जिम्मेवारी दिइएको छ ।

यसैगरी, विभागको सदस्यहरुमा छायाँ शर्मा पन्त, जुद्ध ढाक्रे राई, मनिस कुमार, प्रमोदराम मिश्र, प्रेम यक्तेन लिम्बू, पवन राय र विनोद पौडेल रहेको सो पार्टीले जनाएको छ ।