
काठमाडौं, ३० जेठ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताले कालो मोसो दलेका छन् ।
आफूहरुको माग सम्बोधन नभएको भन्दै सोमबार दाहाललाई उनीहरूले कालो मोसो दलेर दुर्व्यवहार गरेका हुन् ।
उपकुलपतिले माग सम्बोधनको लागि वार्ता गरेपनि सेवा आयोगले आफ्ना मागहरूको वेवास्ता गरेकोले कालो मोसो दलेर चेतावनी दिएको नेविसंघ मोरङका सभापति सरोज पोखरेलको भनाई छ ।











प्रतिक्रिया