
काठमाडौं, २९ जेठ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर बजेट करेक्सनका लागि आग्रह गरेका छन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेपालले बजेट सच्याउन आग्रह गरेका हुन् । सबैलाई समेट्ने गरी बजेट आउन नसकेको नेपालले बताए ।
नेपालले तीन जिल्ला डडेल्धुरा, गोरखा र मकवानपुरमा मात्रै अत्यधिक बजेट पारिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।















प्रतिक्रिया