५ कार्तिक २०८३, बिहिबार

बालेनको प्रशंसा गर्दै रविले भने- एकदम गज्जब गर्दै हुनुहुन्छ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको प्रशंसा गरेका छन् ।

बालेनले महानगरभित्र सार्वजनिक शिक्षा र स्वास्थ्यमा गरेका कामको रविले प्रशंसा गरेका हुन् ।

बालेनले शिक्षा क्षेत्रमा गरेका कामबाट महानगरभित्रका सरकारी विद्यालयहरूको शिक्षाको गुणस्तर राम्रो भएको रविले बताएका छन् । बालेनको कामबाट आफूले पनि सिक्नुपर्ने उनले बताएका छन् ।

‘बालेनले काठमाडौँमा सार्वजनिक शिक्षा र स्वास्थ्यमा एउटा गजब गर्दै हुनुहुन्छ मैले त्यसको छनक पाईसकेको छु। कहिले काँही बालेनको व्यक्तिगत तरिका एउटा छ तर उहाँले चालेको कदमहरू राजनीतिक रूपले हेर्ने हो भने एकदम गजब गर्दै हुनुहुन्छ। काठमाडौंमा भएको धेरै जसो सार्वजनिक विधालयहरु एकदम राम्रो भएका छन् । गुणस्तर राम्रो भएको छ। बालेनले काम गर्नु भएको कारणले गर्दा काठमाडौंका सामुदायिक विद्यालयमा म यति पैसा दिन्छु भन्दा पनि भर्ना नपाउने अवस्था आउँदै छ। अस्पतालमा बिपन्न वर्गलाई सजिलो हुने कामहरु त्यो मैले सिक्नुपर्ने कुरा हो,’ रविले भने ।