
काठमाडौं, २९ जेठ । आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरूको अहिले अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिइरहेका छन् ।
अर्थमन्त्री महतले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेका थिए। विशेषगरी प्रतिपक्षी दलहरूले बजेट बर्तमान अवस्थालाई वेवास्ता गर्दै आएको भन्दै विरोध गरेका छन् ।
सत्ता पक्षकै सांसदहरू पनि बजेटबाट सन्तुष्ट देखिएका छैनन् ।
करका दर लगायत बजेट निर्माणमा अर्थमन्त्रीले स्वेच्छाचारी प्रवृत्ति देखाएको भन्दै आलोचना भइरहेको छ ।















प्रतिक्रिया