५ कार्तिक २०८३, बिहिबार

होसियार ! युवतीहरूले यसरी पार्दैछन् ‘हनी ट्रयाप’ मा

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । पछिल्लो समय देशमा ‘हनी ट्रयाप’ का घटना बढिरहेका छन् ।

महिलाको शारीरिक आकर्षणमा लोभ्याएर फसाउने कला ‘हनी ट्रयाप’ हो । पुरूषहरूसँग शारिरिक रूपमा लोभ्याएर साथै शारिरिक सम्बन्धसमेत राखेर पछि मुद्दा हालिदिने भन्दै आर्थिक ठगी गर्नुलाई ‘हनी ट्रयाप’ भनिन्छ ।

काठमाडौं, पोखरा, विराटनगर जस्ता ठूला सहरहरूमा त कतिपयले हनी ट्रयापलाई नै कर्म बनाएका छन् । हालसालै पोखरामा एक भूपू भारतीय लाहुरे यसैगरी हनी ट्रयापमा परे ।

एक युवतीले उनलाई ट्रयापमा पारेर ३० लाखसम्मको बार्गेनिङ गरेपछि भूपू लाहुरे प्रहरीकोमा पुगे । ५० वर्ष कटिसेकेका ति लाहुरेको अश्लिल भिडिओ सार्वजनिक गरिदिने भन्दै युवतीले धम्काएकी थिइन् ।

हनी ट्रयापबाट नेपाली मात्रै होइनन् विदेशी पनि उत्तिकै पीडित छन् । एक युवतीले एकजना चिनियाँ व्यापारीलाई ट्रयापमा पारेर बार्गेनिङ गरिन् । उनले पैसा नपाएपछि चिनियाँ व्यापारीलाई मुद्दा हालेर थुनाइन् ।

चिनियाँ थुनिएपछि युवती भने भागेर भारत गएर बसिन् र बयानमा आइनन् । युवती थुनाएर भागेपछि ति चिनियाँ व्यापारी लामो समय जेल बस्नुपर्‍यो । नौ महिनापछि आर्थिक लेनदेनको सहमतिपछि युवतीले बल्ल बयान फेर्न राजी भइन्।

देशी विदेशी व्यापारी तथा हुने खानेहरूसँग विभिन्न बहानामा नजिक बनेर शारिरिक सम्बन्धसम्म पुग्ने र पछि पैसाको बार्गेनिङ गर्दै यति रकम चाहिन्छ नत्र मुद्दा चलाइदिन्छु भन्दै धम्काउने गरेका घटनाको चाङ प्रहरीमा बढ्न थालेका छन् ।