
चितवन , २९ जेठ । चितवनको रत्ननगर नगरपालिका-६ स्थित राप्ती खोलामा माछा मार्ने क्रममा गोहीले आक्रमण गर्दा एकजना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा भरतपुर महानगरपालिका-२२ बस्ने ५६ वर्षीय शिवलाल बोटे रहेका छन् ।
आज सोमबार बिहान माछा मार्ने क्रममा गोहीले आक्रमण गर्दा उनको दायाँ हातको कुहिनो भन्दा तलको भाग नै चुडिएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बोटेको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया