२९ कार्तिक २०८३, आइतबार

हेटौंडामा एक जना मृत फेला

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २९ जेठ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-२ संगमचोकमा एक जना मृत फेला परेका छन् ।

आज सोमबार बिहान ५ बजे संगमचोक स्थित भत्केको पुरानो घरको पेटीमा सुतेको ठाउँमा हेटौंडा-६ चौघडा बस्ने ५५ वर्षीय गोपी चौलागाई मृत फेला परेका हुन् ।

चौलागाई सोही क्षेत्रमा कवाडी उठाउने काम गरी हिड्ने बुझिएको प्रहरीले जनाएको छ ।

शवलाई हेटौंडा अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।