२९ कार्तिक २०८३, आइतबार

सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो प्रेस चौतारी उदयपुरको वार्षिक साधारण सभा

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर २८ जेठ । प्रेस चौतारी नेपाल उदयपुर शाखाले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । प्रेस चौतारी उदयपुरले सात बुँदे ‘उदयपुर घोषणापत्र’ जारी गर्दै वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

शनिबाार सदरमुकाम गाईघाट स्थति नेकपा (एमाले) पार्टी कार्यालयको सभाहलमा आयोजित वार्षिक साधारण सभाले संस्थाको सागठानिक र आर्थिक प्रतिवेदन सार्वजिनक गरेको थियो ।

साधारण सभाले प्रेस चौतारीको सदस्यता विस्तार, व्यावसायिक पत्रकारिता, पार्टी र चौतारीबीचको समन्वय एवम् सहकार्य, पार्टीको  प्रचारप्रसार  र रणनीति, पत्रकार महासंघमा चौतारीको उपस्थिति, नेपाल पत्रकार महासंघले हालै जारी गरेको शुद्धीकरणका विषयमा छलफल र चौतारीका अग्रजको सम्मान गरिएको थियो ।

साधारण सभामा पत्रकारिता क्षेत्रको वृहत्तर हित र संगठन सुदृढीकरण, पार्टी प्रचार रणनीति लगाएतका विषयमा गहन छलफल भएको थियो । संगठनका सचिव, कोषाध्यक्षको प्रतिवेदन पारित गर्दै साधारणसभाले ७ बुँदे घोषणापत्र समेत जारी गरेको छ ।

घोषणा पत्रमा भनिएको छः

१) लोकतान्त्रिक आन्दोलन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अधिकारको आन्दोलनमा महत्वपूर्ण योगदान पुयाउनुहुने ज्ञात अज्ञात सहिदप्रति श्रद्धासुमन सहित सम्मान गर्दछ ।

२) २०८० जेठ २५ गते त्रियुगा नगरपालिका १२ मा कोसी प्रदेशका उपसभामुख सृजना दनुवार र त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राई माथि केही उच्छृङखल तत्वले अपराधिक तवरले गरिएको आक्रमणको प्रेस चौतारी नेपाल उदयपुर घोर भत्र्सना गर्दछ । शान्तिपूर्ण तरिकाले आफ्नो माग सम्बोधन गर्ने बाटो हुदाँ हुदै पनि नेकपा एमाले निकट जनप्रतिनिधीहरुलाई खोजी खोजी आक्रमण गर्ने क्रम बढेकाले प्रहरी प्रशासन नेकपा एमाले निकट जनप्रतिनिधिको सुरक्षामा संवेदनशिल नभएको प्रेस चौतारीको ठहर छ । यस प्रकारका मानव अधिकार हननका घटनामा संलग्न व्यक्ति र समुहलाई यथाशिघ्र पक्राउ गरी कानुनी कारवाहि गर्न र आगामी दिनमा यस्ता गतिविधिहरु नदोहोरिने वातावरणको सृजनाका लागि प्रेस चौतारी नेपाल जोडदार माग गर्दछ ।

३) प्रेस चौतारी नेपालको माग र दबाबपछि नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरणका लागि जारी गरेको कार्यविधिलाई स्वागत गर्दै, यसको अक्षरसः कार्यान्वयनका लागि जोडदार माग गर्दछौं ।

४) आमसञ्चारको विकास हुनेगरि कोशी प्रदेशमा मिडियाहरूको व्यवस्थापनका लागि सञ्चार प्रतिष्ठान तत्काल गठन गर्न माग गर्दछ । उदयपुरका सबै स्थानीय तहमा प्रेस तथा आमसञ्चार नीति निर्माण गरी स्थानीय संचारमाध्यमलाई लोककल्याणकारी विज्ञापन प्रदान गर्न प्रेस चौतारी नेपाल उदयपुर स्थानीय तहलाई आग्रह गर्दछ ।

५) स्थानीय तहबाट प्रकाशन हुने विज्ञापन तथा सूचनाहरु जिल्ला बाहिरका एजेन्सी मार्फत गरिने कारोवारलाई निरुत्साहित गरी स्थानीय पत्रकार मार्फत प्रकाशन प्रशारण गर्ने गराउने व्यवस्था मिलाउन स्थानीय तह, नेपाल पत्रकार महांसघ र सम्बद्ध निकायहरू समक्ष यस साधरणसभा आह्वान गर्दछ ।

६) पत्रकारमाथी भईरहेका धाकधम्की, आक्रमण, पत्रकार महिलामाथि हुने गरेका हतोत्साहिपुर्ण व्यबहार बन्द गर्न आह्वान गर्दै पत्रकारको पेसागत तथा व्यक्तिगत सुरक्षाको ग्यारेन्टी गर्न यो सभा जोडदार माग गर्दछ ।

७) प्रेस चौतारी उदयपुरको बार्षिक साधारणसभाका प्रमुख अतिथि केन्द्रीय सचिव विक्रम लुईटेल, नेकपा एमालेका केन्द्रीय सदस्य अम्बिका थापा, चौतारी नेपालका केन्द्रीय सदस्यद्वय तुलसी प्रसाद कोईराला, सुमित्रा कोईराला, नेपाल पत्रकार महासंघ, उदयपुरका अध्यक्ष भरत खड्का, प्रेस चौतारी नेपालका कोशी प्रदेश अध्यक्ष अविजाल विष्ट, उपाध्यक्ष सुमन पुरी, नेकपा एमाले उदयपुरका अध्यक्ष प्रमेश्वर घिमिरे, प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष कुशलबाबु बस्नेत, नेकपा एमालेका प्रदेश सदस्यद्धय विमल कार्की र बैकुण्ठनाथ दाहाल लगाएत प्रदेश पदाधिकारी तथा सदस्य, पूर्व अध्यक्ष, पूर्व पदाधिकारी, अग्रज पत्रकार, पत्रकार सम्वद्ध विभिन्न संघसंगठनका प्रमुख सहित सम्पूर्ण अतिथीलाई धन्यवाद ज्ञापन गर्दै साधारणसभा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा आभार प्रकट गर्दछ ।

प्रेस चौतारी नेपाल उदयपुर शाखाको वार्षिक साधारण सभामा प्रेस चौतारीका केन्द्रीय कमिटी सचिव तथा कोशी प्रदेश इन्चार्ज विक्रम लुइँटेल, कोशी प्रदेश अध्यक्ष अभिजाल विष्ट, उपाध्यक्ष सचिव, केन्द्रीय सदस्यहरु, पत्रकार महासंघका अध्यक्ष भरत खड्का,  एमाले केन्दीय कमिटि सदस्य अम्बिका थापा, प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटी अध्यक्ष प्रमेश्वर घिमिरे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम प्रेस चौतारी नेपाल केन्द्रिय कमिटी सचिव बिक्रम लुइँटेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।