२९ कार्तिक २०८३, आइतबार

प्रतिनिधि सभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दैछ ।

बिहान ११ बजेबाट नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा सरकारको आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान  (बजेट)माथिको छलफल जारी रहने कार्यसूची रहेको छ ।

त्यसपछि बजेटमाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री प्रकाशशरण महतले दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठकमा “विनियोजन विधेयक, २०८०” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

बैठकमा अर्थमन्त्री महतले “विनियोजन विधेयक, २०८०” प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।  बैठकमा “राष्ट्र ऋण उठाउने विधेयक, २०८०” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसपछि अर्थमन्त्री महतले “राष्ट्र ऋण उठाउने विधेयक, २०८०” प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।