
काठमाडौं, २८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीविरूद्व अन्य दलहरू मिलेर घेराबन्दी गरिरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछाले सातो जानेगरी आफूहरूविरूद्व घेराबन्दी भइरहेको तर पनि नडराउने बताएका हुन् ।
‘तपाईहरूलाई लाग्ला रास्वपाको बाटो अब सहज छ, २०८४ मा त सजिलो हुन्छ। हो नेपाली जनताले देखाएको बाटो सहज छ तर सम्पूर्ण दलहरूले यो बाटोमा जुन घेराबन्दी गर्दैछन् । सातो जाने खालको छ तर हामी डराउँदैनौं। २०८४ मा रास्वपाको अवस्था कस्तो हुन्छ भन्नेकुरा आम जनताले घरघरमा महशुस गरिसकेका छन्,’ उनले भने ।
आगामी निर्वाचनमा रास्वपा पहिलो पार्टी बन्ने देखेर अन्य सबै दलहरू घेराबन्दीमा उत्रिएको उनले बताएका छन् ।















प्रतिक्रिया