
काठमाडौं, २७ जेठ । श्रीमानी पूर्वप्रेमिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले स्याङ्जाबाट एक महिलालाई पक्राउ गरेको छ ।
पुतलीबजार नगरपालिका-१३ गिजिनडाँडाकी ४२ वर्षीया ज्ञानु थापालाई नेपाल प्रहरीको साइबार ब्यूरोले पक्राउ गरेको हो ।
पीडित महिला र पक्राउ परेकी महिलाको श्रीमानबीच केही सयमअघिसम्म प्रेम सम्बन्ध रहेको र पछि पीडित महिलाले पुरूष विवाहित भएको थाहा पाएपछि सम्बन्ध तोडेकी थिइन् ।
उनीहरूबीचको सम्बन्धन थाहा पाएपछि ज्ञानुले श्रीमानकी पूर्व प्रेमिकाको गोप्य तस्बिर तथा भिडिओहरू उनको आफन्तलाई पठाइदिएकी हुन् ।
ज्ञानुले आफ्ना श्रीमान र पीडित महिलाबीच कुराकानी भएको थाहा पाएपछि पीडितको तस्बिर र भिडिओ आफूले लिएर, फेसबुकमा नक्कली आइडी बनाएर पीडितकी भाउजूको फेसबुकमा पठाएको पाइएको प्रहरीले जानकारी दिएको छ ।
ज्ञानुलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति लिएर थप अनुसन्धान अगाडि बढाएको छ ।















प्रतिक्रिया