
काठमाडौं, २७ जेठ । सांसद अमरेश कुमार सिंहविरुद्व उजुरी परेको छ ।
कांग्रेसका कार्यकर्ता विकास ठाकुरले शुक्रबार स्वतन्त्र सांसद सिंहविरूद्व जिल्ला प्रशासन कार्यालय सर्लाहीमा उजुरी दिएका हुन् ।
सांसद सिंहले धम्की दिएको भन्दै शान्ति सुरक्षाको माग गर्दै ठाकुरले सिंह विरूद्व उजुरी दिएका हुन् । उनले आफू र आफ्नो परिवारको सुरक्षा ब्यवस्था मिलाइदिन माग गरेका छन् ।
बिहीवार राति मलंगवाबाट घर जाने क्रममा तीन मोटरसाइकलमा चढेका ६ जनाले आफूलाई पिछा गरेर गम्हरीया र सलमपुरको बीचमा आक्रमणको प्रयास गरेको उनले बताएका छन् ।
सिंहले अकुत सम्पत्ति कमाएको भन्दै यसअघि ठाकुरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।

















प्रतिक्रिया