
काठमाडौं, २७ जेठ । मकवानपुरको हेटौंडामा झुण्डिएको अवस्थामा श्रीमान श्रीमती मृत फेला परेका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर -१ मा रहेको आफ्नै घरको पूजा कोठामा उनीहरु झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
मृत फेला पर्नेमा ७८ वर्षीय कृष्ण प्रसाद दाहाल र श्रीमती ७४ वर्षीया नन्द कुमारी दाहाल रहेका छन् ।
तीन तले पक्की घरमाथिको ट्रसले छाएको पूजा कोठामा दुबैजना करिब ३ मिटरको फरकमा फलामको ट्रसमा धोतीको पासो लगाई झुन्डिएको अवस्थामा उनीहरु मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया