
काठमाडौं, २७ जेठ । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन् ।
कोरोनासँग सम्बन्धित विषयमा ढाँटेको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका हुन् । उनीविरुद्ध संसदीय विशेष समितिले छानिबन गरिरहेको छ।
जोनसनले कोरोनाबाट बच्न लागु गरिएको मापदण्ड पूर्णरूपमा लागु भएको भन्दै संसदमा झुठ बोलेको आरोप छ ।
आरोप लागेपछि उनले सन् २०२२ अक्टोबर २० मा प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए।















प्रतिक्रिया