
जाजरकोट, २७ जेठ । जाजरकोटको भेरी नगरपालिका-१३ मा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।
खानेपानी तथा सिंचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा उनीहरुको डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा भेरी-१३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेत रहेका छन् ।
उनीहरु शुक्रबार विद्यालयमा पढेर घर आई खाजा खाएर पौडी खेल्न गएका थिए । सोही क्रममा डुबेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया