शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

नेपालमा अत्याधिक गर्मी, मनसुन कहिले भित्रिन्छ ?

दैनिक नेपाल २०८० जेठ २६ गते १४:१९

काठमाडौं, २६ जेठ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यसपालिको मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको बताएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार केरला आइपुगेको मनसुनी वायु नेपालमा सरदर १२ दिनपछि आइपुग्छ । तर, कहिलेकाहीँ एक दुई दिन अघि वा पछि पनि हुन सक्ने गर्दछ ।

अहिले भारतको केरलाको आकाशमा बादलहरू निर्माण भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मनसुनी वायु बादल लगाउने र पानी पार्ने वायु हो । सामान्यतया भारतको केरलामा जुन १ मा मनसुनी वायु देखापर्दा नेपालमा जुन १३ मा मनसुनी वायु भित्रने गर्थ्यो । मनसुन वायु नेपाल कति चाँडै आउँछ भन्ने कुरा वायुको वेगसँग पनि निर्भर रहने गर्दछ । ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको केरला आइपुगेको मनसुनी वायु बङ्गालको खाडीमा पुग्छ । त्यसपछि उत्तरपूर्व हुँदै नेपालको पूर्वी जिल्ला झापाबाट प्रवेश गरेर मनसुन देशैभर फैलन कम्तिमा पाँच दिन लाग्ने गर्दछ ।

प्रतिक्रिया
सम्बन्धित