शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

अखिल नेपाल किसान महासंघ बागमतीको अध्यक्षमा एकराज

दैनिक नेपाल २०८० जेठ २६ गते १४:१३

काठमाडौं, २६ जेठ । नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघ बागमती प्रदेशको प्रथम अधिवेसन सम्पन्न भएको छ ।

काठमाडौंको गोगंबुमामा सम्पन्न अधिवेशनले एकराज उप्रेतीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कमिटी गठन गरेको छ ।

नयाँ कमिटीको उपाध्यक्षमा प्रतिमा पाण्डे र बासु भट्ट तथा सचीवमा शंकर कार्की चयन भएका छन् ।

यस्तै, कोषाध्याक्षमा विकाश रिमाल, उपसचिवमा राजकुमार बोलखे र उपसचिवमा रेखा आचार्य चयन भएका छन् ।

कृषिमा आत्मनिर्भरता, व्यावसायिक कृषि र कृषिमा आधुनिकीकरणका सन्दर्भमा राष्ट्रिय भेलामा छलफल हुने छ । भेलाले किसानको समस्या र मुद्दालाई एकताबद्ध ढङ्गले उठान गरी अगाडि बढाउने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित