४ कार्तिक २०८३, बुधबार

स्वीट्जरल्याण्डकी राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसँग गरिन् विदाइ भेट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ जेठ । नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत एलिजावेथ भोन क्याप्लरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार विदाइ भेट गरेकी छिन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज शुक्रबार भएको भेटमा नेपाल र स्वीट्जरल्याण्डबीच रहँदै आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले राजदूत क्याप्लरलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकामा धन्यवाद ज्ञापन गरेका छन् ।