२९ कार्तिक २०८३, आइतबार

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ जेठ । प्रतिनिधि सभाको बैठक आज शुक्रबार पनि बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “महालेखापरीक्षकको साठिऔँ वार्षिक प्रतिवेदन २०७९” पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने छ ।

आजको बैठकमा सांसद महेश चौधरीको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ । संसद सचिवालयका अनुसार सभामुखले “प्रतिनिधि सभाको यो बैठक, नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट वि.सं. २०४८ सालमा तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित, वि.सं. २०६४ सालको संविधान सभामा मन्त्रिपरिषद्बाट मनोनित सदस्य महेश चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाबमा उपचारको क्रममा २०८० साल जेठ २४ गते बुधबार ७३ वर्षको उमेरमा असामयिक निधन भएकोमा उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ ।” भन्ने शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।