२ कार्तिक २०८३, सोमबार

सर्लाहीमा प्रहरी र स्थानीयबीच झडप, प्रहरीद्वारा अश्रृग्यास प्रहार

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । सर्लाहीमा प्रहरी र स्थानीयबीच झडप भएको छ ।

धन्कौल गाउँपालिका–६ बैरिया टोलस्थित राजु सहनीको घरमा स्थानीयले अवैध रूपमा भारतबाट रासायनिक मल ल्याएर राखेको भन्ने सूचनाका आधारमा बरामद गर्न गएको प्रहरीमाथि स्थानीय आक्रमण गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।

प्रहरी पुग्ने बित्तिकै स्थानीयले प्रहरीमाथि ढुंगा मुढा गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । ढुंगामुढाबाट प्रहरी निरीक्षक सुमित कुशवाह र वरिष्ठ हबल्दार कन्हैया साह घाइते भएका छन् ।

थप फोर्स मगाएपछि स्थानीय भागेका थिए । प्रहरीले सहनीको घरबाट ७२ बोरा मल बरामद गरेको छ ।