शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सानु भण्डारी, टंक गुरूङ, सन्देश शर्मा, सागर राई र इन्द्रजित राईको थुनछेक बहस सकियो

दैनिक नेपाल २०८० जेठ २५ गते १९:२९

काठमाडौं, २५ जेठ । नक्कली भुटानी शरणाथी प्रकरणमा पाँचजना प्रतिवादीको थुनछेक बहस सकिएको छ ।

यो प्रकरणमा मुख्य प्रतिवादी बनाइएका सानु भण्डारीसहित टंक गुरूङ, सन्देश शर्मा, सागर राई र इन्द्रजित राईको थुनछेक बहस सकिएको हो ।

काठमाडौं जिल्ला अदालतमा जारी बहस बाँकी रहेका प्रतिवादीको बयान भोलि पनि हुनेछ । सानु र टंकका तर्फबाट आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरेका थिए।

यस्तै, इन्द्रजित राइको तर्फबाट अधिवक्ता बालकृष्ण ढकाल, प्रेमबहादुर खत्री, दिलकुमारी राईलगायतका वकिलले बहस गरे ।

यस्तै, सागर राईका तर्फबाट अधिवक्ताहरू प्रकाश पौडेल, विनोद कार्की, सन्तोष प्रसाद भट्ट र इन्द्र पोखरेलले बहस गरेका थिए भने सन्देश शर्माकोतर्फबाट अधिवक्ताहरू यज्ञ खतिवडा, गोपालराज अर्याल, दिपकराज रेग्मी, सुशीला कार्की र मंगल महर्जनले बहस गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित