बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

प्रचण्डले पहिचानका नाममा विषको आगो फैलाउन खोजे: केपी ओली

दैनिक नेपाल २०८० जेठ २५ गते १७:२५

काठमाडौं, २५ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा जातिय हिंसा भड्काउने कोशिस गरेको आरोप लगाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा कोशी प्रदेशमा नेकपा एमालेका नेताहरूमाथि आक्रमण भएको विरोधमा खरो रूपमा प्रस्तुत भएका ओलीले पहिचानवादीका नाममा सत्ता संरक्षित अपराधका घटना भइरहेको बताएका हुन् ।

प्रचण्डले विषको आगो फैलाउन कोशिस गरेपनि असफल भएको टिप्पणी गर्दै अध्यक्ष ओलीले अब अर्कोतर्फबाट प्रचण्डहरूको प्रत्यक्ष संलग्नतामा पहिचानको नाममा लडाउन खोजेको आरोप लगाएका हुन् ।

‘जातजातका राज्य भड्काउन, विथोल्न खोजेको प्रचण्ड असफल भए । अब अर्कोतिरबाट प्रचण्डहरूको यसमा प्रत्यक्ष संलग्नता देखिन्छ । नाम राख्ने पछि गल्ती भयो भन्ने । अब पुर्नविचार गर्नुपर्छ भन्ने र त्यता मान्छेहरूलाई भड्काउन थाल्या छ,’ त्यसअघि ओलीले भने ‘आज मात्रै केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य राम रानालाई मबिल छर्किएर आगो लगाउन खोजे । भनेपछि कहाँसम्मको हत्या प्रयास भइरहेको छ पहिचानका नाममा । त्यस कुरामा हाम्रो पार्टी किन्चित डराउँदैन, झुक्दैन । नो कम्परमाइज् । नेपाललाई जाती जातीका नाममा दंगाफसाद गराउने । जातीका नाममा किराँत प्रदेश राख्न खोजेको किन रहेछ भन्ने देखिदैंछ नि । नराख्दा यस्तो छ राख्दा के हुन्थ्यो ? गैर किराँत भनेको त त्यहाँ बस्न पनि नपाउने अवस्था बन्ने रहेछ नि त । प्रचण्डले सकेन यो विषको आगो फैलाउन । प्रचण्डले खोज्या हो । देशभरी विषको आगो फैलाउन खोज्या हो । पहिचानको राजनीतिको नाममा ।

प्रतिक्रिया
सम्बन्धित