४ कार्तिक २०८३, बुधबार

बजेटमाथि पृथ्वीसुब्बाको टिप्प्णी- पञ्चायतको जस्तो बजेट भयो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । नेकपा (एमाले) का सांसद पृथ्वीसुब्बा गुरुङले अहिलको बजेट नेपाली अर्थतन्त्र नबुझेको बजेट भएको टिप्प्णी गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा समाजवाद उन्मुख उत्पादनलाई प्राथमिकतामा राख्न नसकेको बजेट नेपाली अर्थतन्त्र नबुझेको बजेट भएको टिप्पणी गरेका हुन् ।

उनले स्थापित उत्पादनमा बजेट विनियोजन गर्न चूकेको उल्लेख गरे । गुरुङले बजेट कर्मचारी र स्रोतसाधन सिंहदरबारमा नै थन्किने गरी आएको भन्दै यसले वित्तीय संघीयताको मर्मलाई आत्मसाथ गर्न नसकेको टिप्पणी गरे ।

गुरूङले मुलुकको लैङ्गिक, वर्गीय, जातीयलगायत विभेद् अन्त्य गर्न असमर्थ रहेको र पञ्चायतको जस्तो बजेट भएको धारणा राखे ।