
काठमाडौं, २५ जेठ । नेपाली काँग्रेसका सांसद गगन थापाले नेपालले पनि आफ्नो साँस्कृतिक र भौगोलिक नक्सा जारी गर्नुपर्ने बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले भारतले अखण्ड भारतको नक्सा नयाँ संसद भवनमा राखेको प्रसंग निकाल्दै नेपालले पनि साँस्कृतिक र भौगोलिक नक्सा राख्नुपर्ने बताएका हुन् ।
‘भारतले आफ्नो साँस्कृतिक नक्सा जारी गर्छ भने नेपालले पनि आफ्नो साँस्कृतिक र भौगोलिक नक्सा जारी गर्नुपर्छ । यसमा भारतले कुनै चासो दिँदैन होला,’ उनले भने ।















प्रतिक्रिया