४ कार्तिक २०८३, बुधबार

भारतलाई टक्कर दिँदै मेयर बालेनले राखे ‘ग्रेटर नेपाल’ को नक्सा

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । भारतले नयाँ संसद भवनमा ‘अखण्ड भारत’ को नक्सा राखेपछि अहिले नेपालमा चर्को विरोध भइरहेको छ ।

भारतले राखेको अखण्ड भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि समेटिएको छ ।

भारतले नेपालको भू-भागसमेत समेटरे नक्सा राखेपछि कि त भारतले माफी माग्दै नक्सा हटाउनुपर्ने कि नेपालले पनि ग्रेटर नेपालको नक्सा राख्नुपर्ने आवाज उठिरहेको छ ।

यसैबीच, काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले भारतलाई टक्कर दिँदै ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् । बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन् ।

तीन दिनअघि बालेनको कार्यकक्षमा नक्सा राखिएको उनको सचिवालयले जानकारी दिएको छ । बालेन हाल श्रीमतीको उपचारका लागि भारतमा छन् ।

उनी भारतमै रहेकाबेला उनकै निर्देशनमा ‘ग्रेटर नेपाल ‘को नक्सा राखिएको हो । ग्रेटर नेपालको नक्सामा पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म समेटिएको छ ।