
विराटनगर, २५ जेठ । कोशी प्रदेशको राजधानी विराटनगरमा शीतल जल वितरण शुरू भएको छ ।
पछिल्लो समय अत्यधिक गर्मी बढेसँगै विराट व्यापार संघले बुधबारबाट असार १ गतेसम्म शीतल जल वितरण कार्यक्रम शुरु गरेको हो ।
१० दिनसम्म चल्ने अभियानको पहिलो दिन करिब तीन हजार जनालाई शीतल पानी र सर्वत पानी वितरण गरिएको संघका वरिष्ठ उपाध्यक्ष प्रमोद जिङ्दलले बताए ।
उनका अनुसार विराट व्यापार संघले शनि मन्दिर र विजुली अफिस छेउमा नि:शुल्क पानी वितरण गर्न शुरु गरेको छ ।
विराटनगरमा अत्यधिक गर्मी बढेको कारण सर्वसाधरणलाई राहत होस् भनी पानी वितरण गरेको उनले बताए ।















प्रतिक्रिया